कोशी

विद्या संस्कार एकेडेमीको सिनियर किन्डगार्टेन ग्र्याजुएसन तथा कक्षा पाँचको फेयरवेल

hello
सुनसरी / सुनसरीको दुहबी नगरपालिका ३ स्थित विद्या संस्कार एकेडेमीले “सिनियर किन्डगार्टेन ग्राजुएसन” तथा कक्षा ५ को विदाई समारोह कार्यक्रम सम्पन्न गरेको छ । विद्या संस्कार एकेडेमीका प्रबन्ध निर्देशक दिपेश राउतले गुणस्तरीय शिक्षाका साथै नैतिक शिक्षामा समेत जोड दिएको जनाए । विद्या संस्कार एकेडेमीका प्रिन्सिपल प्रनिसा तिवारीले जीवन उपयोगि बालमैत्री शिक्षण शैलिमा शिक्षा दिइरहेको
बताइन् । कार्यक्रममा विद्यार्थी अभिभावक शिक्षक शिक्षिका लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

असल सोचलाई व्यवहारमा उतार्दै विद्या संस्कार एकेडेमीले आफ्नो फरक पहिचान निर्माण गरिरहेको छ। यहाँका विद्यार्थीहरू बिदाको समयमा पनि निष्क्रिय बस्ने होइनन्, बरु उनीहरू सङ्गीत तथा विभिन्न वाद्य वादनका कक्षाहरूमा सक्रिय रूपमा सहभागी भइरहेका छन्। यसले विद्यार्थीहरूको सिर्जनशीलता, अनुशासन, आत्मविश्वास र भावनात्मक सन्तुलन विकास गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
आजको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र व्यक्तिलाई सफल बनाउन सक्दैन। व्यवहारिक सीप, सृजनात्मक सोच र आत्मअभिव्यक्तिको क्षमता पनि उत्तिकै आवश्यक हुन्छ।