सुनसरी/सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टैनरिज छाला उद्योगले प्रारम्भिक वातावरणिय परिक्षण मुल्यांकन (IEE) पास गर्न आज गरेको सार्वजनिक सुनुवाइ विरुद्ध स्थानीयहरुले बिरोध प्रदर्शन गर्दै आक्रोशित भएका छन् ।
सार्वजनिक सुनुवाइमा उद्योग प्रशासनले एकतर्फी सुनुवाइ गरेको भन्दै स्थानीयहरुले नाराबाजि सहितको बिरोध प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयहरुले सार्वजनिक सुनुवाइ गर्न बनेको माइन्युट समेत च्यातेका थिए ।
उक्त उद्योगले अत्याधिक दुर्गन्ध र प्रदुषण गरेको भन्दै स्थानीयहरु उद्योग संचालन भएदेखि निरन्तर आन्दोलित भएका हुन ।