सुनसरी | एक्सेल डेभलपमेन्ट बैंकको दुहवी शाखाले होली पर्वको अवसरमा भव्य होली मिलन कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रम यसै बैंक परिसरमा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा बैंकका शाखा प्रबन्धक , कर्मचारीहरू, सेवाग्राही तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेष रूपमा बैंकका क्लस्टर प्रमुख दिपक कुमार दास को उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
बैंकका शाखा प्रबन्धक जितेन्द्र गुप्ताले होली पर्वले आपसी सद्भाव, एकता र भाइचाराको सन्देश दिने उल्लेख गर्दै बैंकले समुदायसँगको सम्बन्ध सुदृढ बनाउन यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने बताए। उनले बैंक सदैव ग्राहक केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
सहभागीहरूले एकअर्कालाई अबिर लगाउँदै शुभकामना आदान–प्रदान गरेका थिए।
कार्यक्रम शान्तिपूर्ण, सौहार्दपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको एक्सेल डेभलपमेन्ट बैंक दुहवी शाखाका शाखा प्रबन्धक जितेन्द्र गुप्ताले बताए।
एक्सेल डेभलपमेन्ट बैंक को ४७ वटा शाखाहरूबाट उत्कृष्ठ सेवाहरु दिँदै आइरहेको छ।