कोशी

मेयर गच्छदारको पहलमा फोहोर प्रसोधन केन्द्रलाई भारतिय राजदुताबासको १८ करोड २५ लाखको MOU लगानी सम्झौता

hello

दुहबी/दुहबी नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन फोहोर प्रशोधन केन्द्रलाइ आधुनिक र ब्यवस्थित बनाउदै पुर्ण रुपमा सन्चालन गर्न भारतिय राजदुताबासले १८ करोड २५ लाख ५९ हजार ९२५ रुपैया ४१ पैसा ( भ्याटसहित) लगानी गर्ने सहमती सहित राजदुतावासमा त्रीपक्षिय MOU लगानी सम्झौता हस्तान्तरण गरेको छ ।

आज नेपाल सरकार अर्थमन्त्रालय, भारतिय राजदुतावास र दुहबी नगर प्रमुख वेद नारायण गच्छादारले एक हप्ता भित्रमा परियोजना ठेक्का निकाल्ने र काम संचालन गर्ने सहमती गर्दै त्रिपक्षिय लगानी सम्झौता पत्र आपसमा हस्तान्तरण गरेका हुन्।

दुहबी नगरपालिकामा बैदेशिक लगानी भित्राउने सम्बन्धमा ४६ साल पछिका निर्वाचित जनप्रतिनिधी हरु असफल प्राय रहेका थिए। यो लगानी भित्रीए सँगै अन्य क्षेत्रमा समेत बैदेशिक लगानी भित्राउने पहल भइरहेको मेयर गच्छादारले जनाए ।

संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयका सचिव रबिलाल पन्त र भारतिय राजदुतावासका अभिनाश कुमार सिंह बिच अक्टोबर ६ , २०२५ मा लगानी सहमतीमा हस्ताक्षर भएको थियो । कोशी प्रदेश लगानी सम्मेलन मार्फत दुहबी नगर प्रमुख वेद नारायण गच्छादारले निजि क्षेत्रका लगानी कर्ता खोज गरी निरन्तर प्रयास गरेका थिए। दृढ इच्छाशक्ति, माटो प्रतिको अगाधप्रेम, र अटुट संकल्प बोकेर समग्र दुहबीको बिकाश गर्न हरदम तत्पर र कृयाशिल रहने बताउदै नगर प्रमुख गच्छादारको पहलमा अन्तत भारतीय राजदुतावासले करोडौ लगानी गर्न तत्पर रहेको जनाइएको छ ।

विकाशमा सरकार एक्लैले मात्रै श्रोत साधन जुटाउन सक्दैन, यस्मा बैदेशीक साहायता , लगानी र निजि क्षेत्रले समेत लगानीको भुमिका अंगिकार गरे मुलुक मा बिकाशको संभावना द्रुत बनेर जानेछ भन्ने उनको भनाइले नया उचाइ लिने उनको बिश्वास छ ।

केहि दिन भित्र नगरप्रमुख गच्छादारले संघिय मामिला र भारतिय राजदुताबास सगको त्रीपक्षिय भेटघाट गरी लगानी सम्झौता र कार्यप्रारम्भ बारे अन्तिम रिजल्ट दिने बताएका छन्। उच्च प्रभाबित सामुदायिक बिकाश परियोजना अन्तर्गत दुहबीको फोहोर प्रसोधन केन्द्रलाइ लगानी गरी फोहोर ब्यावस्थापन क्षेत्रमा काम गर्ने दुतावासले जनाएको छ् ।