राजनीति

सांसद भगबती चौधरीलाई आइकोनिक वुमन अवार्ड

hello
काठमाडौं । सांसद भगबती चौधरी आइकोनिक वुमन अवार्डबाट सम्मानीत भएकी छिन । अन्तर्राष्ट्रिय महिला संसदले युएईमा आयोजित विशेष समारोहमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मान गरेको हो । 

महिला अधिकारका विषयहरुलाई सदन र महिलाका समुदाय माझ प्रभावकारी रुपमा उठाउँदै लाखौं महिलाहरुलाई उद्यमशिलतामा जोडेको तथा समाजसेवामा समर्पित भएको भन्दै सांसद चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मानीत गरिएको जनाइएको छ । 

अन्तर्राष्ट्रिय महिला संसद एक प्रतिष्ठित विश्वव्यापी मञ्च हो, जसले ५० भन्दा बढी देशका विशिष्ट नेताहरू, नीतिनिर्माताहरू, उद्यमीहरू र दूरगामी सोच र लक्ष्य भएका व्यक्तित्वहरूलाई एकताबद्ध गर्दै, संवाद प्रवर्धन, महिलाहरूको सशक्तिकरण र समावेशी तथा प्रगतिशील भविष्यको मार्ग प्रशस्त गर्न सक्रिय रहेको छ । प्रोजेक्ट १०० का अध्यक्ष म्कोनडिवा तथा अन्तराष्ट्रिय महिला संसदकी अध्यक्ष मनिता घिमिरेले आइकोनिक वुमन अवार्डबाट सम्मान गरेका हुन् ।