मन्त्री दिपक खड्का - पुर्व सि.ई.ओ. कुलमान घिसिङ - सि.ई.ओ हितेन्द्र देव शाक्यको -
कुशासन
सुनसरी / सुनसरीको दुहबी वडा नम्बर ३ मा रहेको नेपाल विद्युत प्राधिकरण ग्रिड शाखा कार्यालयको पश्चिम सँधियारमा घर भएको अमृतलाल चौधरीको २ तल्ले घरको छतबाट बेलवारी विद्युत वितरण केन्द्रमा गएको ३३ के.भि. हाइटेन्सन प्रशारण लाइनको लापरबाहीबाट दुहबी ३ का दुई भाइ छोरा २० बर्षका बादल चौधरीको मृत्यु भएको थियो भने १८ बर्षका सुजन चौधरी गम्भीर घाइते भएका थिए ।
नेपाल विद्युत प्राधिकरणको लापरबाहीले उक्त हाइटेन्सन तारबाट घरको छतमा आगो लागि बादल चौधरीको २०८१ साल कार्तिक २० गते मृत्यु भएको थियो भने सुजन चौधरी गम्भीर घाइते भएका थिए ।
२०८१ साल मंसिर ११ गते नेपाल विद्युत प्राधिकरण बेलवारी वितरण विद्युत केन्द्र मोरङमा मृतकको उचित क्षतिपुर्ति र घाइतेको उपचार खर्च
उपलब्ध गराइ पाँउ भनी दर्ता नम्बर ९८२ निवेदन ९ महिना बितिसक्दा समेत न्यायोचित क्षतिपुर्ति र घाइतेको उपचार खर्च हालसम्म पनि उपलब्ध गराएको छैन ।